फायरसाइडमा माधवकुमार नेपाल : पूर्वराजा ज्ञानेन्द्र शाह छानबिनको दायरामा आउनुपर्छ

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा माधवकुमार नेपाल : पूर्वराजा ज्ञानेन्द्र शाह छानबिनको दायरामा आउनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाह छानबिनको दायरामा आउनुपर्ने बताउनुभएको छ । गत शुक्रबार राजावादीहरूको प्रदर्शनमा पूर्वराजा शाहकै योजनामा हिंसात्मक गतिविधि भएको हुनसक्ने भन्दै नेपालले उहाँमाथि छानबिन हुनुपर्ने बताउनुभएको हो । 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले सडकमा उत्रिएकाहरूले व्यवस्था उल्टाउन चाहेको नभई वर्तमान राजनीतिक नेतृत्वको शासन शैली फेर्न चाहेको दाबी समेत गर्नुभयो । तर प्रदर्शनको नेतृत्व गर्नेहरूले नागरिक असन्तुष्टिलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।

२०६२-६३ मा राजसंस्था टिकाउन अनेक प्रयास भएपछि आफूहरूले मुलुकको सार्वभौम अधिकार जनतामा ल्याउन सफल भएको बताउनुभएका नेपालले बितेका दशकहरूमा बनेका सरकारहरूले डेलिभरी दिन नसकेकै कारण असन्तोष बढेको बताउनुभयो । नेपालसँगको पूरा कुराकानी कार्यक्रम फायरसाइडमा राति ९ बजे प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानलका साथै कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.