त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपकराज जोशी निर्वाचित हुनुभएको छ । जोशी ७८९ मत ल्याएर विजयी हुनुभएको हो । 

जोशीका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याउनुभयो । यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२१ र स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल ६ हजार १४६ मतदाता रहेको स्ववियु निर्वाचनमा ३ हजार ११८ मत खसेको विश्वविद्यालय क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.