फायरसाइडमा माधवकुमार नेपाल : व्यवस्था विरोधी नारा लाग्नुमा दलका प्रवृत्ति कत्तिको दोषी ?

चैत्र १८, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा माधवकुमार नेपाल : व्यवस्था विरोधी नारा लाग्नुमा दलका प्रवृत्ति कत्तिको दोषी ?

शुक्रबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो । प्रदर्शनका क्रममा भएको आगजनीमा तीनकुनेको भवन जल्दा टेलिभिजन पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो । प्रदर्शनमा उत्रिएका सविन महर्जनको प्रहरीले चलाएको लागेर मृत्यु भयो । 

मानवीय क्षति बाहेक उत्तेजित प्रदर्शनकारीले तोडफोड र आगजनी मात्र गरेनन्, शपिङ सेन्टरमा लुटपाट समेत गरे, सञ्चार संस्थाका कार्यालयमा समेत आगजनी र तोडफोड गरे । प्रदर्शनकारीको माग थियो, राजा फर्काउनु पर्‍यो । यो देशलाई राजसंस्था चाहिएको हो कि सुशासन र विकास ? जनताको संघर्षको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउनुपर्ने नारा किन लागिरहेको छ ? कसका कारण लागिरहेको छ ? राजनीतिक दल र उनीहरूको प्रवृत्ति दोषी छैन ? देशको शासनसत्ताको चाबी कुनै अमूक परिवारको हातमा सुम्पिनका लागि मानिसहरू किन सडकमा उत्रिए ? 

फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं । आज हामीसँग हुनुहुन्छ, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ।

हेर्नुहोस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।