फायरसाइडमा पारस खड्का : ब्रायन लाराले नेपाली क्रिकेटसँग जोडिने इच्छा देखाउनुभएको छ

पुस ८, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा पारस खड्का : ब्रायन लाराले नेपाली क्रिकेटसँग जोडिने इच्छा देखाउनुभएको छ

दाबीका साथ भन्न सकिन्छ कि नेपालले यो वर्ष देखेको सबैभन्दा सुन्दर, सबैभन्दा भव्य र सबैभन्दा विशेष उत्सव हो- नेपाल प्रिमियर लिग (एनपीएल) ।

एनपीएलले नेपाली क्रिकेट र खेलकुद जगतलाई मात्र होइन, विश्वस्तरीय प्रतियोगिता आयोजना गर्ने नेपालको क्षमतालाई समेत प्रमाणित गरेको छ। खेलमा जित र हार स्वाभाविक हुन्, तर एनपीएलले यसपटक पुष्टि गरिदिएको कुरा हो, कि यस्ता भव्यतम् प्रतियोगिताले देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सक्छ। सँगै, यसले प्रमाणित गरेको छ कि देशलाई एक ठाउँमा उभ्याउने खेलकूदले नै हो।

कार्यक्रम सुरु गर्नुअघि सर्वप्रथम फायरसाइडमार्फत नेपाल क्रिकेट संघ (क्यान), संघका पदाधिकारी, एनपीएलको आयोजना, व्यवस्थापन र सञ्चालनमा खटिएका सबै व्यक्ति, सहभागी क्रिकेट टिमहरू र तिनका स्वदेशी तथा विदेशी खेलाडीहरूप्रति हार्दिक धन्यवाद र बधाई । यो बधाइ र धन्यवाद ति सबै खेलप्रेमी र दर्शकप्रति पनि हो।

फायरसाइडको आजको अंकमा एनपीएलको कथा सुन्नेछौं । एनपीएलबाट नेपाली खेलकूदले पाएको साख, यसमार्फत् नेपाली खेलाडि र खेलप्रेमीले देखेको भविष्य र हाम्रा सम्भावनाहरुका बारेमा सुन्नेछौं। यसका लागि आज हामीसँग हुनुहुन्छ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव, नेपाली क्रिकेटका अविराम कप्तान पारस खड्का ।

सम्बन्धित समाचार :

‘क्यान कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन’


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement