किन पलायन भइरहेका छन् डाक्टर ?

माघ ९, २०८१ |विकास थपलिया
किन पलायन भइरहेका छन् डाक्टर ?

एक वर्षमा मेडिकल काउन्सिलमा २७ सय चिकित्सक दर्ता हुँदा २३ सय विदेश पलायन भएका छन् । त्यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीमाथि गरिएको सर्वेक्षणमा शतप्रतिशतले विदेश जाने योजना बनाएको बताएका छन् । 

सर्वेक्षणमा सहभागी ४३ मध्ये ४१ जना अर्थात ९५ प्रतिशतले त विदेश जान परीक्षामा नाम दर्ता गराइसकेको पाइएको छ । यो तथ्य सरकारद्वारा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले हालै बुझाएको प्रतिवेदनको हो ।

तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा नेपालमा ८ हजार ६ सय २४ जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । ६ हजार ३ सय ६८ चिकित्सकले विदेश जान काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका छन् । यसरी हेर्दा ७४ प्रतिशत चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गएको वा जाने योजनामा छन् ।

२०२३ सम्म नेपालमा ३४ हजार ९ सय १० चिकित्सक दर्ता छन् । केही वर्षयता दर्ता हुने संख्याको हाराहारीमै चिकित्सकहरू विदेश गइरहेको पाइएको छ ।

किन देश छाड्दै छन् चिकित्सक वा डाक्टरहरू ? जति डाक्टर उत्पादन उति नै विदेशतिर पलायनको तथ्याङ्कले दिएको चेतावनी के हो ? के नेपालका अस्पतालमा डाक्टरको हाहाकार हुँदैछ ? सरकारी अस्पतालमा किन थपिँदैन दरबन्दी ? तलब र सुविधाभन्दा ड्युटी धेरै गर्नुपर्छ बाध्यता के हो ? के नेपालमा डाक्टरहरुलाई आफैं विरामी परे उपचार कसरी गर्ने चिन्ताको उपचार कसले गर्ने ? नेपालमै डाक्टरहरुको भविष्य कति सुरक्षित ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा कुराकानी गर्दै छौँ ।

स्टुडियोमा निम्त्याएका छौँ- स्वास्थ्य मन्त्रालयका सचिव- डाक्टर रोशन पोखरेल, त्रिवि शिक्षण अस्पताल आइसीयू विभाग प्रमुख- डक्टर सुवास आचार्य र पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालस्थित मेडिकल फ्याकलटीको जनरल सर्जरीतर्फ यो वर्षका उत्कृष्ट विद्यार्थी डाक्टर आशिष सापकोटा । 

कार्यक्रम ‘सरोकार’ अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । कार्यक्रम कान्तिपुर टिभीको एप, युट्युव लगायतका सामाजिक प्ल्याटफर्ममा पनि हेर्न सक्नुहुनेछ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement