फायरसाइडमा विष्णु पौडेल : सारा बल लगाएर काम गरेको दाबी गर्ने सरकारले परिणाम दिन किन सकेन ?

माघ १४, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा विष्णु पौडेल : सारा बल लगाएर काम गरेको दाबी गर्ने सरकारले परिणाम दिन किन सकेन ?

झन्डै दुईतिहाइ बहुमत भएको सरकार गठनको ६ महिना पूरा भइसक्दा आर्थिक समस्या समाधानमा सफलता हात पार्न सकेको छैन । आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक र आर्थिक सूचकहरू औसत देखिएका छन् ।

जनतामा आशा जगाउने कुनै ठूला विकासका काम हुन सकेका छैनन् । एमाले-कांग्रेसबीचको गठबन्धनमा सरकार बन्ने बित्तिकै अर्थतन्त्रमा उत्साह छाएको दाबी गर्दै आएको सरकारले अब भने अध्यादेश मार्फत् निजी क्षेत्रमैत्री हुने गरी केही कानुन संशोधन गरेपछि अब अर्थतन्त्रमा गति आउने बताउन थालेको छ । आयात निर्यातबीचको गहिरिँदो खाडल, लगानीयोग्य रकम बजारमा प्रवाह नै हुन नसक्नु, सरकारको विकास बजेट खर्च हुनै नसक्नु जस्ता तथ्यहरूले बजार चलायमान हुन सकेको छैन भन्ने देखाउँछ ।

सरकारले धक्का दिने गरी नीति लिनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । के सरकारसँग त्यस्तो नीति छ ? सारा बल लगाएर काम गरिरहेको दाबी गर्ने सरकारले परिणाम दिन नसक्नुको कारण के ?

फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं र आज हामीसँग हुनुहुन्छ, अर्थमन्त्री विष्णु पौडेल ।

हेर्नुहोस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement