फायर साइड : कलाकार प्रदीप खड्कासँग फिल्म र कलामाथिको सम्वाद

आश्विन २८, २०८१ |रुपेश श्रेष्ठ
फायर साइड : कलाकार प्रदीप खड्कासँग फिल्म र कलामाथिको सम्वाद

काठमाडौं । प्रदीप खड्का नेपाली अभिनेता र चलचित्र निर्माता हुन्, जसले नेपाली चलचित्र उद्योगमा आफ्नो अलग परिचय स्थापित गर्न सफल भएका छन् । उनले सन् २०१६ को चलचित्र 'प्रेम गीत' मार्फत व्यापक चर्चा कमाउन सफल भए, जसले उनलाई ठूलो सफलता दिलायो र लोकप्रिय कलाकार बनायो । १९९२ मार्च १० मा ललितपुरमा जन्मेका खड्काले प्रारम्भमा चलचित्र निर्माणमा करिअर सुरु गरेका थिए, तर पछि अभिनयतर्फ मोडिए । 

मूलत: उनको आफ्नै मेहनतका बलमा उनी नेपाली सिने क्षेत्रमा स्थापित भएका हुन् । 'प्रेम गीत २' र 'रोज़' जस्ता चलचित्रमा अभिनय गरेर उनले नेपाली चलचित्र उद्योगमा लगानीयोग्य कलाकारका रुपमा आफूलाई उभ्याएका छन् । 'प्रकाश' र 'पुजार सार्की'जस्ता चलचित्रमा गरेको अभिनयका कारण समीक्षकहरुको पनि प्रशंसा पाएका खड्का चकलेटी हिरोका रुपमा बढी चिनिन्छन् । 

'प्रेमगीत ३' लाई हिन्दी भाषामा डबिङ गरेर भारतीय बजारसम्म नेपाली चलचित्रलाई विस्तार गर्ने प्रयासको श्रेय पनि उनलाई जान्छ । उनका 'एक्टर', 'एक्लो' र 'पिताम्बर' लगायतका फिल्म प्रदर्शनको तयारीमा छन् ।

हरेक सोमबार राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइडको नयाँ अंकमा कलाकार प्रदीप खड्कासँग नेपाली सिनेमा र उनको कलाप्रतिको दृष्टिकोणबारे गरिएको सम्वाद ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।