किन भइरहेको छ रगत अभाव ?

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
किन भइरहेको छ रगत अभाव ?

मागअनुसारको रगत संकलन हुन नसकेपछि काठमाडौंमा रगत अभाव देखिएको छ । बाढीपहिरो र डेंगीलगायतका कारण रगतको माग बढेको छ । तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मे-हम्मे परेको हो ।

रगत नपाएकै कारण कतिपय बिरामीका आफन्त भौंतारिइरहेका छन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौंले हप्तामा ८ सयदेखि १ हजार युनिट रगत संकलन गर्ने गरेको थियो ।

यति रगतले बल्लतल्ल माग धानिँदै आएको थियो । तर असोज लागे यता रगत संकलन घट्न थालेको छ । अझ शुक्रबार र शनिबारको भारी वर्षा र दसैंको चहलपहल बढेसँगै रगत संकलन घटेको छ ।

अहिले हप्तामा मुस्किलले ४ सय युनिट मात्र रगत संकलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । रगतको अभावको कारण के हो ? यो समस्याको समाधान कसरी हुन्छ ? यिनै विषयमा हामीले नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक पवनकुमार गुप्तासँग गरेका छौं ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement