काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् अराजकतातर्फ उन्मुख भएको बताउनुभएको छ ।
कान्तिपुर समाचारमा कुरा गर्दै एसोसिएसनका अध्यक्ष घिमिरेले नियमावली नसच्याउँदासम्म बारको आन्दोलन जारी रहने उल्लेख गर्नुभयो ।
प्रधानन्यायाधीश र न्यायपरिषद्ले संविधान विपरीत काम गरेको आरोप लगाउँदै उहाँले जनताको कठघरामा उभिनुपर्ने जिकिर गर्नभएको छ । आफ्नो स्वार्थपूर्तिका लागि केही तत्व हाबी भएको घिमिरेको दाबी छ ।
विस्तृत कुराकानी भिडियोमा :