सरकारकै सेटिङमा मूल्य बढाउँछन् व्यापारी [ अन्तर्वार्ता ]

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारकै सेटिङमा मूल्य बढाउँछन् व्यापारी [ अन्तर्वार्ता ]

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंले दसैँको मुखमा व्यापारीले सरकारसँगकै मिलेमतोमा मूल्यवृद्धि गरेको आरोप लगाउनुभएको छ ।

कान्तिपुर समाचारमा कुरा गर्दै उपाध्यक्ष गुरागाईंले मूल्य बढ्दा पनि सरकारी अनुगमन फितलो भएको र नियन्त्रणमा ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

अनुगमन टोलीबाटै सूचना चुहाउँदा अनुगमन प्रभावकारी हुन नसकेको र व्यापारीले मनपरी गरेको जिकीर गर्नुभयो ।

दसैँ नजिकिएका बेला खाने तेलमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ भने खाद्यान्न सामग्री र तरकारीमा किलो मै ५६ रुपैयाँले मूल्य वृद्धि भएको छ । जसका कारण उपभोक्ताहरु मर्कामा परेका छन् ।

विस्तृत कुराकानी भिडियोमा :     


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement