फायरसाइडमा पुष्पकमल दाहाल : ‘सबै दल र नेता खराब’ भन्ने भाष्य बनाउनुमा कतै षड्यन्त्र त छैन ?

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा पुष्पकमल दाहाल : ‘सबै दल र नेता खराब’ भन्ने भाष्य बनाउनुमा कतै षड्यन्त्र त छैन ?

नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधनको मूल एजेन्डासहित नयाँ गठबन्धन बनाए पछि सत्ताबाट एकाएक बाहिरियो माओवादी केन्द्र । ६२/६३ को जनआन्दोलनपछि लगातार राजनीतिको केन्द्रमा रहँदै आएको माओवादी अहिले भने एकपटक फेरि आफ्नो सान्दर्भिकता पुष्टि गर्नुपर्ने स्थानमा पुगेको छ । आज माओवादीकै नेता कार्यकर्ता भनिरहेका छन्- यो पार्टीले जनाधार गुमाएको छ, संगठन कमजोर छ, विचारमा अस्पष्ट छ र नेतृत्वले बाटो बिराएको छ ।

उसो त यसका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा फेरी जनलहर बढेको दाबी गर्न छोड्नु भएको छैन । यस्तो दाबीको आधार के ? आरोपप्रत्यारोप र शक्ति संघर्षले नयाँ गठबन्धनले अघि सारेको संविधान संशोधनको कार्यभारलाई कति सहज बनाउँछ, कति कठिन ? फायरसाइडको आजको अंकमा हामी यीनै प्रश्नको जवाफ खोजेका छौं र आज हामीसँग हुनुहुन्छ, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement