सरोकार : को बन्लान् पहिलो महिला प्रधानमन्त्री ?

भाद्र १२, २०८१ |विकास थपलिया
सरोकार : को बन्लान् पहिलो महिला प्रधानमन्त्री ?

संविधान संशोधन, सरकारको नेतृत्व आलोपालोसहित ७ बुँदे सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुई वर्षे कार्यकालपछि कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । सबैले देखे, सुनेअनुसार कांग्रेसको संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने अनुमान छ । तर, यहीबीच प्रधानमन्त्री ओलीले प्रधानमन्त्री महिला बनाउने चाहना रहेको बताएपछि अबको महिला प्रधानमन्त्री को भन्ने सबैको चासोको विषय बनेको छ ।

के नेपालमा अब महिला प्रधानमन्त्री बन्दैछन् ? आफूले राजीनामा दिएर ओलीले महिलालाई प्रधानमन्त्री बनाउलान् ? के महिलालाई ओली, देउवाहरुले नै प्रधानमन्त्री बनाइदिनुपर्ने हो ? उनीहरुले आ-आफ्नो पार्टीमा महिलाको नेतृत्व क्षमता विकासमा कति काम गरेका छन् ? केन्द्रीय समितिमा बल्लतल्ल ३३ प्रतिशत महिला सहभागिता पुर्‍याएर कांग्रेस र एमाले जस्ता दलले पदाधिकारीमा किन उनीहरुलाई लैजान चाहेका छैनन् ।

अनि भाषणमा मात्र महिलाको कुरा गर्नेहरुले अहिलेसम्म महिलाको नेतृत्व क्षमता विकासमा के गरे ? जे भए पनि अब यो विषय बहसमा चाहिँ आएको छ । अनि खोजी सुरु भएको छ- को हुन् त्यो भाग्यमानी महिला जो नेपालको पहिलो महिला प्रधानमन्त्री हुनेछिन् ? महिला प्रधानमन्त्रीको बहस मात्रै कि दलहरुको तयारी पनि छ ? ओली-देउवाले बनाइदिने हो वा महिला आफैं अघि सर्ने ? 

प्रमुख दलहरुमा प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने महिला को-को छन् ? संघीय संसद्‍मा महिला सांसद्को अंक गणित कस्तो छ ? यिनै विषयमा कुरा गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुषाल र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement