फायरसाइडमा बन्दना राणा : महिलामाथि हुने विभेद अन्त्यका लागि हालसम्म भएका प्रयास के र चुनौती के ?

भाद्र १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा बन्दना राणा : महिलामाथि हुने विभेद अन्त्यका लागि हालसम्म भएका प्रयास के र चुनौती के ?

महिलाविरुद्ध हुने विभेद, हिंसा र दुर्व्यवहारलाई अन्त्य गर्दै समावेशी र समानुपातिक प्रतिनिधित्वको प्रत्याभूतिसहित नेपालको संविधानले महिला अधिकारका पक्षमा काफी व्यवस्थाहरू गरेको छ । त्यसैअनुसार ऐन कानुन निर्माण र नीतिहरू तर्जुमा पनि भइरहेका छन् । तर पनि संविधानले निर्देश गरेअनुरूप राज्यका निकायहरूमा महिलाको प्रतिनिधित्व त देखिन्छ तर अर्थपूर्ण सहभागिता हुन सकिरहेको छैन ।

अर्कोतर्फ महिलामाथि हुने विभेद र हिंसाका घटनाहरूमा वृद्धि भइरहेको तथ्यांक राज्यकै निकायहरूले देखाइरहेका छन् । फायरसाइडको आजको अंकमा महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि भइरहेका प्रयास र हामीले सामना गरिरहेका चुनौतीबारे कुराकानी गर्दैछौँ ।

हामीसँग हुनुहुन्छ– महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड)मा तेस्रो पटक निर्वाचित सदस्य बन्दना राणा । राणा राष्ट्रसंघको यो तहमा पुग्ने पहिलो नेपाली महिला हुनुहुन्छ ।

बन्दना राणाले ३ दशकदेखि महिला सशक्तीकरण, क्षमता अभिवृद्धि तथा महिला हिंसा अन्त्यका लागि ३ दशकदेखि स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म काम गर्दै आउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement