कसरी गर्न सकिन्छ विपद् जोखिम न्यूनीकरण ?

भाद्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कसरी गर्न सकिन्छ विपद् जोखिम न्यूनीकरण ?

विश्वमा धेरै प्रकृतिक प्रकोप हुने देशहरूको सूचीमा नेपाल २० नम्बरमा पर्दछ भने जलवायु परिवर्तनसँग सम्बन्धित प्रकोपहरूको हिसाबमा चौथो नम्बरमा । या भनौं- हामी प्राकृतिक प्रकोपको दृष्टिकोणबाट अत्यन्त जोखिमपूर्ण क्षेत्रमा छौं । हरेक वर्ष यस्ता प्रकोपमा परेर सयौं को ज्यान जाने गरेको छ भने अर्बौको सम्पत्ति गुम्ने गरेको छ । नेपालमा प्राकृतिक प्रकोप, त्यसबाट मानवीय क्षति र आर्थिक क्षति बढ्दो क्रममा छ ।

पछिल्ला ३० वर्षमा नेपालभर झन्डै ५ हजार ठूला प्रकोपका घटना भएको तथ्यांक छ । ती घटनाहरूमा ज्यान गुमाउनेहरूको संख्या १० हजार भन्दाबढी छ । त्यस्ता घटनाहरूमा बेपत्ता हुनेहरूको संख्या ८०० भन्दा धेरै छ । उपलब्ध तथ्यांकअनुसार ती प्रकोपहरूमध्ये बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६९ प्रतिशत भन्दा धेरै छ । त्यस हिसाबले हेर्दा विभिन्न खाले विपत्तिहरूबाट  नेपालमा बर्सेनि ३०० भन्दा धेरैले ज्यान गुमाई रहेका छन् । विपद्लाई हामी रोक्न त सक्दैनौँ तर यसबाट हुने क्षति न्यूनीकरण त गर्न सक्छौँ नि । कसरी त ? यही विषयमा आज हामीले राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग कुराकानी गरेका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement