करमा सरकारको दोहोरो नीतिका कारण निजी क्षेत्रको मनोबल कमजोर भयो : दीपक श्रेष्ठ

भाद्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
करमा सरकारको दोहोरो नीतिका कारण निजी क्षेत्रको मनोबल कमजोर भयो : दीपक श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले करमा सरकारको दोहोरो नीतिका कारण निजी क्षेत्रको मनोबल कमजोर बनेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्न र निजी क्षेत्रप्रति सरकार सकारात्मक भए पनि राजस्व असुल्न बढी ध्यान केन्द्रित भएको बताउनुभयो ।

कर्जा प्रवाह बढे पनि बैंकहरु ऋृण तिराउनै केन्द्रित भएकाले विश्वस्त हुन सक्ने अवस्था नरहेको उहाँले टिप्पणी गर्नुभयो । लगानीको वातावरण बढाउन धरपकडभन्दा पनि व्यावसायिक सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement