काठमाडौं । कफी उद्यमी भरत रेग्मीले सरकारले नेपालको कफीलाई ब्रान्डिङ गर्न नसकेको गुनासो गर्नुभएको छ ।
कान्तिपुर समाचारमा कुरा गर्दै कफी उद्यमी रेग्मीले नेपालमा कफी उत्पादनको पर्याप्त सम्भावना भएपनि राज्यको नीतिका कारण उत्पादकहरु उत्साहित हुन नसकेको बताउनुभयो । नेपालको पहाडी भूभाग कफी खेतीका लागि उपयुक्त भएपनि त्यसअनुसार योजनाबद्ध नीति नबनेको उहाँको भनाइ छ ।