भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन : कमला पन्त

श्रावण ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन : कमला पन्त

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले भ्रष्टाचारीलाई कानुनमा हदम्यादको व्यवस्था गरेर उन्मुक्ति दिन खोज्नु गलत भएको बताउनुभएको छ ।

कान्तिपुर समाचारमा कुरा गर्दै सभापति पन्तले भ्रष्टाचारका गतिविधिमा संलग्नका लागि कुनै किसिमको हदम्याद राख्न नहुने बताउनुभयो ।

उहाँले राष्ट्रिय सदाचार नीतिबारे समितिले छलफल थालेको र राजनीतिक नेतृत्व इमान्दार भएमात्र त्यसको कार्यान्वनय हुन सक्ने स्पष्ट पार्नुभयो । भ्रष्टाचारको अन्त्य र सु्शासन प्रवर्द्धनमा बंगलादेश र थाइल्यान्डबाट पाठ सिक्नुपर्ने उहाँको धारणा छ ।

विस्तृत भिडियोमा :  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement