बंगलादेशको राजनीतिक केन्द्रमा सेना : हसिनाको भविष्य के ? ‌

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशको राजनीतिक केन्द्रमा सेना : हसिनाको भविष्य के ? ‌

काठमाडौं । बंगलादेशमा भएको अप्रत्याशित र नाटकीय राजनीतिक उथलपुथलको विभिन्न दृष्टीकोणबाट विश्लेषण भइरहेको छ । 

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुका साथै देशै छाडेर हिंडनु परेको घटनालाई कतिपयले अन्य देशकालागि पनि राजनीतिक सन्देशको रुपमा व्याख्या गरेका छन् । 

बंगलादेशका लागि नेपालका पूर्व राजदूत वंशिधर मिश्रले बंगलादेशको घटनाक्रमबाट नेपालका दल र नेताहरुले पनि पाठ सिक्नुपर्ने बताउनु भएको छ । कान्तिपुर टेलिभिजनको न्यूजटकमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

 लोकतान्त्रिक प्रणालीको आवरणमा स्वेच्छाचारी बन्ने दल र नेताहरुको भविष्य पनि शेख हसिना झैं हुन सक्ने उहाँको भनाइ छ । बंगलादेशमा तत्कालिन अवस्थामा सेनाले सत्ता नियन्त्रणमा लिए पनि त्यहाँ चाँडै लोकतन्त्र बहाली हुने उहाँको विश्वास छ । 

निवर्तमान प्रधानमन्त्री हसिना राजनीतिमा फर्कने सम्भावना भने कम रहेको उहाँको विश्लेषण छ । 

विस्तृत कुराकानी भिडियोमा : 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement