काठमाडौं । शिक्षाविद् र सरोकारवालाहरूले विद्यालय तहमा विद्यार्थीको परीक्षा र मूल्यांकन पद्धतिमै सुधार गर्न सरकारलाई सुझाव दिएका छन् ।
कान्तिपुर टेलिभिजनको 'शैक्षिक बहस' कार्यक्रममा उनीहरूले विद्यार्थीको मूल्यांकन ३ घण्टाको परीक्षाले गर्ने पद्धतिमा सुधार गर्नुपर्ने बताएका हुन् । शिक्षा सुधार र विद्यार्थीको सिकाई उपलब्धि वृद्धिका लागि बनाइएका योजनाहरू पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।
उनीहरूले बिदेसिने विद्यार्थीलाई रोक्ने खालको शिक्षा नीति ल्याउन सरकारलाई सुझाव दिए ।