पुस्तक पसल भन्दा भट्टी र पार्लर धेरै छन् : अमर न्यौपाने

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुस्तक पसल भन्दा भट्टी र पार्लर धेरै छन् : अमर न्यौपाने

आख्यानकार एवं प्राज्ञ अमर न्यौपानेले पुस्तक पसल भन्दा भट्टी र पार्लर धेरै देख्ने गरेको बताउनु भएको छ । उहाँले कान्तिपुर समाचारसँग कुरा गर्दै साहित्यकार न्यौपानेले पाठको रुचि अनुसारको सिर्जना नभई नयाँ रुचि जगाउने रचनामा साहित्यकारले ध्यान दिन आवश्यक रहेको पनि बताउनुभएको छ । स्तरीय रचना भएमा बजार आफै बन्ने उहाँको भनाइ छ । साहित्यिक कृतिलाई विश्वभर रहेका १ प्रतिशत नेपालीसम्म मात्रै पुर्‍याउन सके पनि साहित्यिक बजार पर्याप्त हुने उहाँले बताउनु भयो । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको प्रयोग गरेर नेपाली साहित्यको बजार विस्तार गर्न सकिने आख्यानकार न्यौपानेको बुझाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement