‘र्‍याप गड’ यम बुद्धको सालिक बन्नुपर्छ : गिरिश खतिवडा

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘र्‍याप गड’ यम बुद्धको सालिक बन्नुपर्छ : गिरिश खतिवडा

र्‍याप, नेपहप अर्थात् नेपाली हिपहप । तपाईं बुबा पुस्ता हुनुहुन्छ भने यो थाहा नहुन पनि सक्छ तर ट्वेन्टीजको दशकका पुस्ता हुनुहुन्छ भने तपाईंहरु पनि सम्भवत: र्‍याप र र्‍यापरको फ्यान हुनुहोला ।

शास्त्रीय राग र स्केल मिलाएर गाइरहनु नपर्ने र अनौपचारिक शब्दका कारण युवाहरूको ठूलो जमात र्‍यापमा आकर्षित हुने क्रम बढ्दो छ । र्यापरहरु यसखालको संगीतलाई मनोरञ्जन मात्र होइन, अभिव्यक्ति माध्यमका रूपमा पनि लिन्छन् । नयाँ पुस्ता र्‍यापमा झुम्मिरहँदा यसप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू पनि छन् ।

र्‍यापरहरू कुलतमा फसेका हुन्छन्, छाडा शब्द प्रयोग गर्ने भएकाले परिवारसँग बसेर सुन्न सकिँदैन भन्नेहरू पनि नभएका होइनन् । तर रिलिज भएका केही दिनमै युट्युबमा लाखौं दर्शक झुम्मिनुले नयाँ पुस्तामा यसको लोकप्रियता पुष्टि गर्छ । पछिल्लो समय र्‍यापसम्बन्धी रियालिटी शो ‘नेपहपको श्रीपेच-टू’ सुरु भइसकेको छ ।

युवा पुस्तामा र्‍याप संगीतको क्रेज बढ्दा सबैलाई चासो हुन सक्छ यो र्‍याप हो के ? प्रस्तुत छ- यही विषयमा केन्द्रित भएर कान्तिपुर टेलिभिजनले र्‍यापर एवं नेपहपको श्रीपेचका जज गिरिश खतिवडासँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement