उपसभामुखमाथि महाअभियोग लगाउने कुनै मनसाय छैन : दामोदर पौडेल वैरागी

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपसभामुखमाथि महाअभियोग लगाउने कुनै मनसाय छैन : दामोदर पौडेल वैरागी

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन खोजेको विषयमा उपसभामुख स्वयंले नै प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै सांसद वैरागीले उपसभामुख इन्दिरा रानामगरमाथि महाअभियोग लगाउने कुनै मनसाय नभएकोसमेत प्रष्ट पार्नुभएको छ । 

अर्को प्रसंगमा उहाँले गिरीबन्धु टी-स्टेट प्रकरणमा तथ्य नै नबुझी विपक्षीहरूले मुद्दा उठाएको आरोप लगाउनुभयो । दुई तिहाइको शक्तिशाली सरकारलाई असफल हुने छुट नरहेको बताउँदै सांसद बैरागीले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहकार्य भएको स्पष्ट पार्नुभयो ।

हेर्नुहोस् अन्तर्वार्ता विस्तृतमा :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement