ओली र आरजु पक्राउको तयारी गर्दा सरकार ढल्यो : लेखनाथ दाहाल (अन्तर्वार्ता)

श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओली र आरजु पक्राउको तयारी गर्दा सरकार ढल्यो : लेखनाथ दाहाल (अन्तर्वार्ता)

काठमाडौं । माओवादी केन्द्रका नेता लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पक्राउ गर्न प्रहरीलाई बुढानीलकण्ठ पठाएपछि कांग्रेस- एमालेबीच सात बुँदे समझदारी भएको आरोप लगाउनु भएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै माओवादी नेता दाहालले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गर्ने केपी ओली र भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पक्राउ गर्नुपर्ने अवस्था आएपछि सरकार ढलेको बताउनुभयो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलाई लिएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी ओलीको विमति सुरु भएको उहाँको भनाइ छ । ठूलो रकमको चलखेलमा बोर्ड अध्यक्ष नियुक्ति गर्न ओलीले दबाब दिएको उहाँको आरोप छ ।

माओवादी केन्द्रका नेता दाहालले प्रधानमन्त्री ओलीले बिचौलिया र केही उद्योगीको प्रभावमा डेडिकेटेड र ट्रंक बक्यौता नबुझाइ विद्युत् लाइन जोड्न अनुचित निर्देशन दिएको पनि बताउनुभयो ।

विस्तृत कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement