नाटक मात्रै गरेर रङ्गकर्मीहरूले जीवन धान्ने अवस्था छैन : टंक चौलागाईं

श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नाटक मात्रै गरेर रङ्गकर्मीहरूले जीवन धान्ने अवस्था छैन : टंक चौलागाईं

निर्देशक टंक चौलागाईंले रङ्गकर्मीहरूले नाटक मात्र गरेर जीवन धान्ने अवस्था नरहेको बताउनुभएको छ । कान्तिपुर समाचारमा कुरा गर्दै निर्देशक चौलागाईंले कलाकारहरूले थिएटरमै निर्भर भएर बाँच्न सक्ने स्थिति नभएको बताउनुभएको हो । ‘युगको साँचो’ नाटक मञ्चन भइरहँदा दर्शकको सकारात्मक प्रतिक्रिया आएको बताउँदै लेखक र निर्देशकहरुले थप मिहिनेत गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले मौलिक कथामा लेखकहरूको रुचि घट्दै गएकाले निराश हुनुपर्ने अवस्था देखिएको समेत बताउनुभयो । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि युगको साँचो नाटक मञ्चन भइरहेको  छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement