बजेटमा संशोधन नगर्न अर्थविद् केशव आचार्यको सुझाव (अन्तर्वार्ता)

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेटमा संशोधन नगर्न अर्थविद् केशव आचार्यको सुझाव (अन्तर्वार्ता)

काठमाडौं । अघिल्लो सरकारले प्रस्तुत गरेको बजेट के होला भन्ने बहस भइरहेका बेला अर्थविद् केशव आचार्यले भने बजेटमा संशोधन नगर्न सुझाव दिनुभएको छ । 

कान्तिपुर समाचारसँग कुरा गर्दै अर्थविद् आचार्यले बजेट संशोधन नभई प्राथमिकताका कार्यक्रम समयमै कार्यान्वयन गर्न सुझाव दिनुभयो । निर्माणको अन्तिम चरणमा पुगेका मध्यमहाडी लोकमार्ग, हुलाकी जस्ता ठूला योजना सम्पन्न गर्न सके देशको जीडीपीमा ठूलो योगदान पुग्ने उहाँको दाबी गर्नुभयो ।  

राष्ट्रबैंकले लोकप्रिय मौद्रिक नीति ल्याउने चर्चा भइरहेका बेला अर्थविद् आचार्यले भने बढी उदार नीति ल्याउनु घातक हुनसक्ने बताउनुभयो । अर्थविद् आचार्यको कुराकानी भिडियोमा हेर्नुहोस् :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement