संविधान संशोधनले राजनीतिक स्थिरता दिन्छ भन्नु गलत हो : सञ्जीव पोखरेल [फायरसाइड]

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधनले राजनीतिक स्थिरता दिन्छ भन्नु गलत हो : सञ्जीव पोखरेल [फायरसाइड]

फायरसाइडमा मानवशास्त्री सञ्जीव पोखरेल- ‘प्रदेश सरकारलाई कसरी सञ्चालन हुन दिने भन्ने विषयमा ठूलो कमजोरी रह्यो’

राजनीतिक स्थिरताका लागि संविधान संशोधन कति अपरिहार्य ? राजनीतिक स्थिरता खाली सरकारहरुको निरन्तरता मात्रै हो कि नीतिको पनि निरन्तरता हो ? नेपालमा बनिरहेका सरकार त स्थिर छैनन् नै, त्यसले हाम्रा नीतिहरु कति प्रभावित छन् ? संविधान संशोधनको आवश्यकतामाथि चलिरहेका बहसमा संविधानको स्थायित्वमाथि नेपालका राजनीतिक दल कति गम्भीर छन् ?

संघीयता कार्यान्वयनको दशक मात्रै पुग्न लाग्दा संघीय लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्न थालेका छन् । नेपालको नयाँ संविधान जारी भएको मितिदेखि ९ वर्षको यो अवधिमा निर्माण भएका आधा दर्जनभन्दा बढी सरकार सबैले समृद्धिलाई आफ्नो नारा बनाए । तर समृद्धिलाई खाली भौतिक पूर्वाधारको कसीमा प्रचार गरिएको छ ।

नागरिक निराश छन्, वैदेशिक रोजगारी र वैदेशिक अध्ययनको नाममा युवा पलायत द्रुत छ, बेरोजगारीदर उस्तै खराब छ । शिक्षा-स्वास्थ्य-सेवा प्रवाहजस्ता आधारभूत विषयमा सरकारप्रति नागरिक असन्तोषको डिग्री घट्नुको साटो बढेको बढ्यै छ ।

नेपाल र नेपालीले खोजेको समृद्धिको परिभाषा नै कतै गलत त छैन ? प्रस्तुत छ- लेखक तथा मानवशास्त्री सञ्जीव पोखरेलसँग कान्तिपुर टेलिभिजनको फायरसाइडका लागि रूपेश श्रेष्ठले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement