ओलीको क्याबिनेटमा आरजु राणा मन्त्री बन्ने सम्भावना छ : रामहरि खतिवडा

असार २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलीको क्याबिनेटमा आरजु राणा मन्त्री बन्ने सम्भावना छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुबारे कांग्रेसको कार्यसम्पादन बैठकबाट टुंगो लगाउने तयारी गरेको छ ।

आज कान्तिपुर समाचारसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आरजु राणा देउवा पनि मन्त्री बन्ने सम्भावना रहेको बताउनुभयो । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको स्थिर सरकार रहने दाबी गर्दै उहाँले राजनीतिक स्थायित्वका लागि संसदको दुई ठूला दल मिल्नुपरेको बताउनुभयो ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement