प्रहरी उपरीक्षक गौतम मिश्र भन्नुहुन्छ- मानव तस्करले नेपालीलाई ‘साइबर स्लेभ’ बनाएका छन्

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रहरी उपरीक्षक गौतम मिश्र भन्नुहुन्छ- मानव तस्करले नेपालीलाई ‘साइबर स्लेभ’ बनाएका छन्

पछिल्लो समय नेपालमा मानव तस्करीको जालो फैलिँदै गएको छ । रोजगारीको खोजी गरिरहेका युवा युवतीलाई विभिन्न प्रलोभनमा पारी स्वदेश तथा विदेशमा अवैध तथा अनैतिक कार्यमा लगाउनेहरु सक्रिय भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा मानव तस्करले नेपालीलाई दुबई अथवा भारत हुँदै थाइल्यान्डबाट म्यानमार, लाओस र कम्बोडियासम्म पुर्‍याउने गरेको खुलेको छ । कतिपय नेपाली अहिले उद्धारको पर्खाइमा छन् ।

प्रहरीले मानव बेचबिखन नियन्त्रणका लागि तीनै तहका सरकारको पहल हुनुपर्ने जनाएको छ । मानव बेचबिखन अनुसन्धान अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले आज कान्तिपुर समाचारमा कुरा गर्दै संघ, प्रदेश र स्थानीय तहको संयुक्त भूमिकाबाट मात्रै मानव बेचबिखन न्यूनीकरण गर्न सकिने जनाउनुभयो । 

उहाँले मानव तस्करहरुले आकर्षक रोजगारीको नाममा पढे-लेखेका व्यक्तिहरुलाई समेत झुक्याउने गरेको दाबी गर्नुभयो ।

किन मौलाउँदै छ मानव तस्करी ? मानव बेचबिखन नियन्त्रण गर्न प्रहरीले के गर्दै छ । यिनै विषयमा प्रस्तुत छ- मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement