काठमाडौं । नेपालले आजसम्म विदेशीसँग लडेको सबैभन्दा ठूलो र लामो युद्ध, नेपाल-अंग्रेज युद्धबारेमा लेखिएको पुस्तक ‘मुकाम रणमैदान’ले मदन पुरस्कार प्राप्त गरेको छ । यो पुस्तक तयार पार्दा लेखक मोहन मैनालीले थुप्रै सन्दर्भ सामग्री प्रयोग गरेर विषयवस्तुलाई प्रामाणिक बनाउने प्रयास गर्नुभएको छ ।
उत्त पुस्तकबारे कान्तिपुर टकमा हामीले लेखक मैनालीसँग कुराकानी गरेका छौं । कान्तिपुर टकमा कुरा गर्दै उहाँले युद्धका घटना पुष्टि गर्न सघाउने सामग्रीका रुपमा दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी पुस्तकमा समावेश गरिएको बताउनुभयो ।
१८७१ कात्तिक १० गते सुरु भएको नेपाल-अंग्रेज युद्ध १८७२ फागुन २५ मा मकवानपुरमा टुंगिएको थियो। यी युद्धका घटना समेटेर लेखक मैनालीले पुस्तक लेख्नुभएको हो । पुस्तकमा त्यो युद्ध कसरी सुरु भयो अनि सुगौली सन्धि कसरी र कहिले भयो ? लगायतका विषयमा अध्ययन गरेर पुस्तक तयार पारिएको बताउनुभयो।
हेर्नुहोस पुरा अन्तर्वार्ताः