एरिका गुरुङ कराते एसियन च्याम्पियनसिपको फाइनलमा

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एरिका गुरुङ कराते एसियन च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । इतिहासमा नै पहिलो पटक नेपाली खेलाडी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छन् । अहिलेसम्म पदक जित्न नसकेको नेपाली करातेले अब कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको छ ।

सिनियर ६८ केजी माथि तौल समूहका तीन खेलमा एरिकाले जित हाँसिल गरिन् । उनले आफ्नो पहिलो बाउटमा फिलिपिन्सकी ब्रितो अरिनासे इसाबेललाई पाँच-शून्यले हराएकी थिइन् । त्यसैगरी उनले क्वार्टरफाइनलमा काजकिस्तानकी बेरुल-तेसभा सोफ्यासँग खेलेकी थिइन् ।

उक्त फाइट १-१ अंकमा टुंगिएपछि रेफ्री कन्टेस्टको आधारमा एरिका विजयी भइन् । एरिकाले १९ औं एसियाली खेलकुदको फाइनलमा सोफ्यासँग नै हार ब्यहोरेकी थिइन् । यसैगरी उनले सेमिफाइनलमा थाल्यान्डकी सोङ्क्लिन फेवालिनलाई ८-० को फराकिलो अन्तरले हराएर फाइनलमा स्थान बनाएकी हुन् ।

उनले अब फाइनलमा आइतबार भियतानमकी एनगुएन थि गोनको सामना गर्ने छिन् । एसियन च्याम्पियनसपिमा नेपालका ११ खेलाडी सहभागी छन्। तीन जना कातामा सहभागी बनेकोमा काताको खेल भोलि हुनेछ ।

कुमुते विधाको सात खेलाडीले आज प्रतिस्पर्धा गरेकोमा एरिकाबाहेक मोहम्मद सेखु आलमले पनि जित दर्ता गरे । तर सेखु दोस्रो फाइटमा नै पराजित भएका थिए । बाँकी सबै खेलाडी पहिलो फाइटमा नै पराजित भए । नेपालले सिनियरमा अहिलेसम्म पनि पदक जित्न सकेको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement