राष्ट्रिय राजनीतिक वृत्तमा यतिबेला एउटा काण्डले ठूलै हलचल पैदा गरेको छ । त्यो हो- गिरीबन्धु टि-स्टेट जग्गाकाण्ड । हुन त हाम्रो देशमा अनेकौं काण्डैकाण्ड छन् । तर जग्गा माफियाले राज्यको मन्त्रिपरिषद्देखि संसद्सम्मै मिलाएर गरेको यो सम्भवत: सबैभन्दा ठूलो ‘ल्यान्ड स्क्याम’ हो ।
सरोकारको आजको अंकमा गिरीबन्धु सञ्चालक, मन्त्रिपरिषद्देखि सदनसम्म मिलाएर जग्गा हत्याउन खोजेको आरोप लागेका व्यवसायी दीपक मलहोत्रा, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि अनुमति दिने तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन लिएर जाने अधिवक्ता ओमप्रकाश अर्याल र छत्र गिरीसँग यही प्रकरणको वास्तविकताबारे विभिन्न कोणबाट सत्य तथ्य बाहिर ल्याउने प्रयास हुँदै छ ।
विस्तृत भिडियोमा :