संखुवासभाका सुनचाँदी पसल दुई दिनदेखि बन्द

असार १४, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभाका सुनचाँदी पसल दुई दिनदेखि बन्द

संखुवासभा । संखुवासभाका सुनचाँदी पसल दुई दिनदेखि अनिश्चितकालिन बन्द गरिएको छ । सुनचाँदी व्यवसायी संघले संखुवासभा जिल्लामा रहेका ३ दर्जनबढी सुनचाँदी पसलहरू शुक्रबारबाट बन्द गरेका हुन् ।

सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध गर्दै पसल बन्द गरिएको अध्यक्ष जनक पौडेलीले बताउनुभयाे । नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग उनीहरूको छ । 

त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण देशैभरका व्यवसायीहरू आन्दोलित छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।