इन्सेक सिन्धुपाल्चोकद्वारा मानव अधिकारसँग सम्बन्धित घटनाको अर्धवार्षिक समिक्षा

असार १४, २०८२ |कमला पाख्रिन
इन्सेक सिन्धुपाल्चोकद्वारा मानव अधिकारसँग सम्बन्धित घटनाको अर्धवार्षिक समिक्षा

सिन्धुपाल्चोक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले मानव अधिकारसँग सम्बन्धित घटनाको अर्धवार्षिक समिक्षा गरेको छ ।

पछिल्लो ६ महिनामा ३७ वटा मानवअधिकार उल्लंघनको घटना भएको छ । जस घटनामा दुई हत्या, दुई ज्यानमार्ने उद्योग, दुई बालअधिकारभित्र सामुहिक बलात्कार, आठ बलात्कार, दुई बालयौन दुव्र्यवहार रहेका छन् भने महिला अधिकारकाभित्रका बलात्कार चार, बलात्कार प्रयास एक, तोडफोड एक र घरेलुहिंसा १५ रहेका छन् ।

३२ महिला र ४ पुरूषगरी ३६ जना नागारिक घटनाबाट पीडित बनेका छन् भने ४५ जना आरोपित रहेको इन्सेक सिन्धुपाल्चोकले जानकारी दिएको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।