संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत शनिबार प्रतिनिधि सभाको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे संसद् भवनमा बस्नेछ । बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । 

आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । यस्तै, उपपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

उपपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदन सहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.