नयाँ गठबन्धनले सत्ता सम्हालेको सय दिन नाघेको छ तर सरकारका कामप्रति सत्तारुढ दलकै शीर्ष नेताहरू असन्तुष्ट देखिएका छन् । सत्ता साझेदारहरूले नै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुले गठबन्धनभित्र ठुलै खटपटको संकेत देखिएको छ । प्रतिपक्षीभन्दा एक कदम अघि बढेर सत्तारुढ दलका सांसद्हरुले सरकारको चर्को आलोचना गर्न थालेका छन् । सरकारको पर्फमेन्स लिएर किन बढ्दै छ, आलोचना ? आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको कामप्रति माओवादी भित्रै किन बढ्यो असन्तुष्टि ? यिनै विषयमा आजको न्युज टकमा हामीले प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका नेता सुदन किरातीसँग कुराकानी गरेका छौँ । हेर्नुहोस् विस्तृत अन्तर्वार्तामा :-