राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले योजना निर्माण देखिनै राजनीतिक हस्तक्षेपका कारण परिणाम निस्किने गरी काम गर्न नसकिएको बताएको छ । चुरे दिवसका अवसरमा कान्तिपुर टेलिभिजनले गरेको चुरे संवाद कार्यक्रममा समितिका अध्यक्ष किरण पौडेलले आफूहरूले बनाएका कार्यक्रम संसद्बाट पारित भएर आउँदासम्म अधिकांश कार्यक्रम परिवर्तन हुने दुखेसो पोख्नुभयो । उहाँले भएका कार्यक्रममा पनि राजनीतिक दबाब खेप्नु परेको गुनासो गर्नुभयो ।
सामुदायिक वन राष्ट्रिय महासंघका पूर्वअध्यक्ष तथा वन अभियन्ता घनश्याम पाण्डेले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति नै आवश्यक नरहेको बताउनुभयो ।
चुरे संरक्षणका माग बोकेर आन्दोलनरत अभियन्ताहरूले भने विकास समितिका कार्यक्रममा व्यापक भ्रष्टाचार रहेको आरोप लगाएका छन् । १३ अर्ब खर्च भइसक्दा पनि कुनै प्रगति नदेखिएको आरोप लगाउँदै अभियन्ताहरूले छानबिनको माग गरेका छन् ।
चुरे विनाशकै कारण तराई भावरमा खानेपानीको समस्या छ । नदी खोला सुकेका छन् । तर, सरकारले उनीहरूको माग सम्बोधन गरिदिएको छैन ।
विस्तृत अन्तर्वार्ता भिडियोमा :