एनसेलसँगको सम्झौता अवधि सकिए स्वतः राष्ट्रियकरण हुन्छ : ऋषिकेश पोखरेल

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनसेलसँगको सम्झौता अवधि सकिए स्वतः राष्ट्रियकरण हुन्छ : ऋषिकेश पोखरेल

काठमाडौं । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलसँगको सम्झौता अवधि सकिए स्वतः राष्ट्रियकरण हुने बताउनुभएको छ । कान्तिपुर समाचारमा कुरा गर्दै सभापति पोखरेलले एनसेलको अवधि सकिएपछि उसले सरकारलाई सम्पत्ति बुझाउनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

सभापति पोखरेलले महालेखाको ६०औं र ६१औं महालेखा प्रतिवेदनमा भएका बेरुजुका विषय ६२‌औं प्रतिवेदनमा पनि दोहोरिएर आएमा सम्बन्धित व्यक्तिबाट असुलउपर गराउने चेतावनी दिनुभयो । उहाँले संसदीय समितिका निर्देशन पालना सरकारलाई बाध्यकारी हुने बताउनुभयो । 

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.