फायरसाइडमा सीके लाल- ‘नेपालको राजनीति ट्रेड मिलमा कुदेजस्तो, जति छिटो कुदे पनि एकै ठाउँमा’

‘पुष्पकमल दाहाल अब राजनीतिशास्त्र पुस्तकको पाद टिप्पणीमा सीमित हुने सम्भावना छ’
जेष्ठ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा सीके लाल- ‘नेपालको राजनीति ट्रेड मिलमा कुदेजस्तो, जति छिटो कुदे पनि एकै ठाउँमा’

लोकतन्त्रिक व्यवस्थाको एउटा महत्त्वपूर्ण अभ्यास हो निर्वाचन । तर निर्वाचनबाट चुनिएकाहरु पनि लोकतन्त्रकै लागि कसरी खतरा बन्दै छन् ? यो वर्ष विश्व निर्वाचनमय हुँदै छ ।

संसारमा ६० भन्दा बढी मुलुकले यही वर्ष चुनाव गर्दै छन् र नयाँ सरकार बनाउँदै छन् । छिमेकी मुलुक भारतमा भर्खरै लोकसभा निर्वाचन सम्पन्न भयो जसले भारतीय जनता पार्टीका नरेन्द्र मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बनायो । भारतको चुनावलाई तन्त्रमाथि लोकको विजयका रुपमा अर्थ्याइएको छ, सर्वसत्तावादीलाई मतदाताले ब्यालेटमार्फत साइजमा ल्याएका छन् भनिएको छ ।

भारतीय चुनावको मतपरिणामलाई लिएर भारतकै बौद्धिकजगत्‌‌ले समेत राहतको सास फेरेका बेला नेपालमा समेत त्यसका प्रभावहरु देखिएका छन्, त्यो नेपाल-भारत सम्बन्धमा आउन सक्ने भनि आशा गरिएको बदलावको विषयलाई लिएर होस् वा सर्वशक्तिमान शासकलाई समेत ब्यालेटमार्फत नागरिकले साइजमा ल्याउन सक्छन् भन्ने पुष्टि गरेको अर्थमा होस् ।

के साँच्चै भारतमा मोदी युगको अन्त्य भएको हो ? भारतमा नरेन्द्र मोदीले जस्तै लोकप्रियतावाद र प्रचारवादको बाटो लिएका नेपालका राजनीतिक दल र पात्रहरुलाई नागरिकले खबरदारी गर्न सक्छन् ? एकातिर नेपालमा राजनीतिक अस्थिरताको कारक नै हामीले अपनाएको निर्वाचन प्रणाली हो भनिरहेका दलहरु छन् । उता भने भाजपा एक्लैले बहुमत हासिल गर्न नसक्नुलाई एकाधिकारवादी प्रवृत्तिको अन्त्यको सुरुवात मानिएको छ ।

खासमा प्रणाली प्रधान हो वा दल र दलका पात्रहरु प्रधान हुन् ? प्रस्तुत छ- फायरसाइडको यो अंकमा विश्लेषक सीके लालसँग रूपेश श्रेष्ठले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.