प्रधानमन्त्री दाहाल नै रविको बचाउमा लागे : सभापति यादव

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल नै रविको बचाउमा लागे : सभापति यादव

जनता समाजवादी पार्टीका नेता एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन् ।

 सभापति यादवले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन आवश्यक रहेको पनि बताए । कान्तिपुर समाचारसँग कुरा गर्दै यादवले विगतमा पनि संसदीय छानबिन समिति बनाइएको र यो प्रकरणमा पनि बनाउन सकिने स्पष्ट पारे । तर, समिति बनाउनुको सट्टा प्रधानमन्त्री पुष्पकमल दाहाल नै लामिछानेको बचाउमा लागेको यादवको भनाइ छ ।

विस्तृत भिडियोमा हेर्नुहोस् :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement