कानुन संशोधनबिना लगानी सम्मेलन भए त्यो पूर्ण रुपमा प्रभावकारी हुन नसक्ने लगानी बोर्डकै सदस्यहरुले बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम अर्थतन्त्र र समृद्धि लगानी बहसमा निजी क्षेत्रका प्रतिनिधिका रुपमा लगानी बोर्डका सदस्य रहेका हरिभक्त शर्माले कानुन संशोधनबिनाको लगानी सम्मेलन अपुरो रहने धारणा राखेका छन् ।
अहिले पटकपटक मन्त्री र कर्मचारीको परिवर्तन हुँदा यसले लगानीलाई असर पारेको उनको भनाइ छ । यस्तै अर्थविद् रेशमबहादुर थापाले लगानी बोर्ड नै प्रभावकारी हुन नसकेको दाबी गरे । लगानी बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न अधिकारीले सम्मेलनमा आउने ठूला धनाढ्यको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।
प्रस्तुत छ कान्तिपुर टेलिभिजनका लागि सुदिल पोखरेलले नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष एवं निजी क्षेत्रका प्रतिनिधिका रुपमा लगानी बोर्डका सदस्यसमेत रहेका हरिभक्त शर्मा, त्रिवि अर्थशास्त्र विभागका प्रमुख एवं अर्थविद् रेशमबहादुर थापा र लगानी बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न अधिकारीसँग गरिएको कुराकानी ।
विस्तृत भिडियोमा :