काठमाडौं । मुलुकमा तीन तहका सरकार छन् र तीनै तहमा जननिर्वाचित प्रतिनिधि छन् तर हरेक माग पूरा गराउन सरकारलाई दबाब दिने थलो सडक भएको छ । यसमा पनि सबैभन्दा बढी आन्दोलन काठमाडौंमै केन्द्रित छन् ।
शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार हरेक नागरिकलाई हुन्छ तर यसरी गरिने प्रदर्शनमा राखिने मागको सम्बोधनमा सरकारले खासै चासो देखाउँदैन । जसका कारण नागरिकले लामो समयसम्म आन्दोलन गर्नुपर्ने अवस्था बढ्दै गएको छ ।
सडकमै नउत्रेसम्म सरकारले किन सुन्दैन नागरिकको आवाज ? सरकार नागरिकप्रति किन बन्छ गैरजिम्मेवार ? आफूलाई वैकल्पिक भन्ने दलहरुको भूमिका के ? यस्तै विषयमा आज हामीले विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटासँग आजको न्युज टकमा कुराकानी गरेका छौँ ।