निराशा र कठिनाइ चिर्दै यो नयाँ वर्षमा व्यक्तिले के गर्न सक्छ ? समाजले के गर्न सक्छ ? सुख र समृद्धिको लक्ष्य प्राप्त गर्न हरेक पक्षको उत्तिकै भूमिका रहन्छ । चाहे त्यो राजनीति होस्, अर्थतन्त्र होस्, शिक्षा र स्वास्थ्यको क्षेत्र होस् वा कला साहित्य । हामीलाई सुशासन चाहिएको छ । हामीलाई सामाजिक न्याय चाहिएको छ । हामीलाई व्यक्तिगत सफलता पनि चाहिएको छ- रोजगारी र सुरक्षा पनि चाहिएको छ ।
समाज र मुलुकको परिवर्तनका लागि म बसेको ठाउँबाट के गर्न सक्छु, तपाईं रहेको ठाउँबाट के गर्न सक्नुहुन्छ ? शुभारम्भ २०८१ मा प्रस्तुत छ कान्तिपुर टेलिभिजनका लागि रूपेश श्रेष्ठले अर्थशास्त्री निशान्त खनाल, अर्थ मन्त्रालयकी अधिकृत सुशीला लेखक र शैक्षिक मामिला जानकार प्रदीप पराजुलीसँगको कुराकानी ।
विस्तृत भिडियोमा :