‘रविलाई एक वर्ष जेल कन्फर्म’

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
‘रविलाई एक वर्ष जेल कन्फर्म’

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रमभंगता छाडेर ‘उपथलपुथल’ शब्दमा रमाउन थालेका छन् । चैत १५ गते सिंहदरबारमा भएको एउटा बैठकमा प्रधानमन्त्रीले फेरि भने, आफूले भनेजस्तो काम नभए फेरि ‘उथलपुथल’ हुन्छ ।

गठबन्धन परिवर्तन भएको दिन पनि प्रधानमन्त्रीले उथपुथलको कुरा गरेका थिए । सिंहदरबारमा उथलपुलको कुरा गरेर बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएका प्रधानमन्त्रीको अबको राजनीतिक मुभ के होला ? सत्ताका खेलाडी देउवा किन गए बालुवाटार ? नयाँ समीकरणमा दाहाल सरकारको सय दिन पनि नपुग्दै कांग्रेसका नेताहरु किन गर्दै छन् नयाँ सरकार बन्ने उद्घोष ? त्यति मात्र होइन कांग्रेसको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको बोली र व्यवहारमा पनि नरमपन देखिन थालेको छ ।

कांग्रेसका नेताहरु फेरि कांग्रेसकै नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने दाबी गर्न पनि थालेका छन् । एमालेसँग भित्री रुपमा त्यसका लागि छलफल सुरु गरेको स्वयं कांग्रेसी नेताहरु बताउँछन् । अर्कोतर्फ सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको दाबीसहित आक्रामक बन्दै आएको नेपाली कांग्रेस लचिलो बन्दै गएको छ ।

एकातिर गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस क्रमश: लचिलो बन्दै जानु, अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचको निरन्तरको भेटघाटले केही प्रश्न उब्जिएका छन् ।

राजनीतिमा जे देखिन्छ त्यो नहुनु पनि सक्छ र जो देखिन्न त्यो हुन पनि सक्छ भन्ने भनाइ छ । देउवाको दाउ, ओलीको चातुर्यतामा घुमिरहेको वर्तमान राजनीति के फेरि अर्को उथलपुथल हुँदै छ ? यदि हुँदै छ भने त्यो के हो ? सरोकारको आजको अंक यही विषयमा केन्द्रित रहनेछ । प्रस्तुत छ सरोकारको आजको अंकमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सचेतक रूपा चौधरी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरे

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.