‘भ्युज घट्छ, लाइक घट्छ, कमेन्टमा बबाल गाली खाइन्छ भनेर प्रश्न गर्न छाड्ने भन्ने हुँदैन’

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘भ्युज घट्छ, लाइक घट्छ, कमेन्टमा बबाल गाली खाइन्छ भनेर प्रश्न गर्न छाड्ने भन्ने हुँदैन’

सत्ताबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसको रुप बदलिएको छ । भ्रष्टाचार र अनियमितताको चरम विरोधी, सुशासनको पहरेदार, खरो प्रतिपक्ष र संगठित पार्टी पंक्ति । कांग्रेस आफूलाई यस्तै देखाउन चाहन्छ । तर के साँच्चै यसले काम गरेको छ ?

सत्ता समीकरण हठात् परिवर्तन भएर सरकारबाट हट्नुपर्दा नेपाली कांग्रेसलाई असह्य भएको छ । हुन त पार्टीभित्रको एउटापंक्ति आफूसहितको सत्ता गठबन्धनबाट सन्तुष्ट त थिएन नै, तर येनकेन प्रकारेण सत्तामा रहनु कांग्रेस र उसका नेताका लागि फाइदाजनक नै थियो ।

संसद्‌मा अहिले नेपाली कांग्रेसले एउटै मागको रट लगाइरहेको छ । सुरुमा गृहमन्त्री रवि लामिछानेको राजनीनामा मागिरहेको उसले अब उनीमाथि संसदीय छानबिन हुनुपर्ने बताइरहेको छ । विरोधका लागि विरोधजस्तो देखिने कांग्रेसको मागलाई सत्तापक्षले खारेज गरेको छ । के साँच्चै प्रतिपक्षी आवाज धरमराएको हो ? कि गृहमन्त्रीमाथिको प्रश्नलाई उसले साँच्चै सत्ताको ढोक्सा बनाएको हो ?

नयाँ गठबन्धनको आडमा बनेको सरकार ढल्न कुनै बेर नलाग्ने बताउने कांग्रेस नेताहरु आफ्नै नेतृत्वमा छिटै सरकार बन्नेसम्म बताउन थालेका छन् । सत्ताविमुख हुनेबित्तिकै आत्तिएको हो नेपाली कांग्रेस ? वा फेरि सत्ता पल्टाउने चालबाजीमा छ कांग्रेस ? सहकारी ठगी प्रकरणलाई मुद्दा बनाएको कांग्रेसको नजरमा सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा घोटालाजस्ता प्रकरणलाई मुद्दा बनाउन किन अप्ठ्यारो ?

प्रस्तुत छ फायरसाइडको आजको अंकमा रूपेश श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.