लुम्बिनीमा चैत्य र गुम्बाका नाउँमा भित्रभित्रै होटेल व्यवसाय... (अन्तर्वार्ता)

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा चैत्य र गुम्बाका नाउँमा भित्रभित्रै होटेल व्यवसाय... (अन्तर्वार्ता)

काठमाडौं । लुम्बिनीमा स्थापना भएका गुम्बा तथा चैत्यहरूले अवैध रुपमा गरिरहेको होटेल व्यवसाय बन्द गर्न माग गर्दै त्यहाँका होटेल व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न संस्था तथा मुलुकका बुद्धसँग सम्बन्धित कला संस्कृति झल्किने गरि लुम्बिनी परिसरमा गुम्बा तथा चैत्य बनाउन कोषले अनुमति दिएको छ । तर, गुम्बाका नाममा अधिकांशले पर्यटक बसाल्ने गरेका छन् । नियमनका लागि पटक पटक कोषलाई ताकेता गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको व्यवसायीहरू बताउँछन् । कोषले गरिरहेको बेथितिको नियमनका लागि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

यस विषयमा थप कुरा गर्न हामीले लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यसँग कुराकानी गरेका छौँ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.