युद्धग्रस्त रुसको सेनामा भर्ना भएका नेपालीले स्वदेश फर्काइदिन हारगुहार गरिरहेका बेला सरकारले आफ्ना थप नागरिकलाई जोखिम क्षेत्रमा पठाउने गलत निर्णय लिएको छ ।
रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांकसमेत थाहा नपाएको सरकारले उल्टै आफ्ना अरु नागरिकलाई काम गर्न जान स्वीकृति दिएको हो ।
रुस जाने श्रमिकको सुरक्षा प्रत्याभूतिसमेत छैन । तर सुरक्षाको ग्यारेन्टीविनै रुसमा श्रमिक पठाउने सरकारको ताजा निर्णयको आलोचना भइरहेको छ ।
रुसी सेनामा भर्ती भएकाहरुको फिर्ती र श्रम स्वीकृति दिने निर्णयको असरलगायत विषयमा प्रस्तुत छ- कान्तिपुर टेलिभिजनले आप्रवासनविज्ञ सरु जोशीसँग गरेको कुराकानी ।
विस्तृत भिडियोमा :
यो पनि...