सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । पर्यटक आकर्षित गर्न र पर्यटन प्रवर्धनका लागि यो तयारी सुरु गरिएको हो ।
तर, सुरक्षाका दृष्टिले भने थुप्रै चुनौती देखिएको छ । यसअघि पनि ठमेललाई चौबीसै घण्टा खोल्ने निर्णय भए पनि कार्यान्वयन हुन नसक्नुको एउटै कारण सुरक्षा थियो । अहिले फेरि सुरु गरिएको तयारीसँगै कस्ता चुनौती देखिएका छन् ? व्यवसायीहरुको तयारी कस्तो छ ? प्रस्तुत छ- यिनै विषयमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :