उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने भ्रमण कार्यतालिकासहित छिमेकी मुलुक चीन पुगेका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा श्रेष्ठ चीन पुगेका हुन् । सत्ता गठबन्धन फेरबदलपछि उत्तरी छिमेकतर्फ भएको यो पहिलो भ्रमण पनि हो । यो भ्रमणको मुख्य उद्देश्य के ? चीनसँगको सम्बन्धलाई यो भ्रमणले कति उचाइमा पुर्याउँछ ? वर्षौंदेखि रोकिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अब कार्यान्वयनमा आउला ? प्रस्तुत छ- यी र यस्तै विषयमा कान्तिपुर टेलिभिजनले चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीसँगको कुराकानी ।
विस्तृत भिडियोमा :