काठमाडौं । मिटरब्याजबाट पीडित भएका व्यक्तिहरूले प्रदर्शन गरेपछि सरकारले अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आठ महिना काम गरेको आयोगले केही उजुरी फर्छ्यौट गरे पनि अधिकांश उजुरी अझै अलपत्र छन् । पीडितहरू फेरि न्याय माग्दै आउनुको कारण पनि यही हो । आयोग कहाँ चुक्यो ? यो प्रश्न हामीले त्यही अनुचित लेनदेन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई कान्तिपुर समाचारमा सोधेका छौँ ।