फायरसाइडमा मिनेन्द्र रिजाललाई प्रश्न- महासमिति बैठकले कति फेर्छ कांग्रेसको अनुहार ?

फाल्गुन ७, २०८० |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा मिनेन्द्र रिजाललाई प्रश्न- महासमिति बैठकले कति फेर्छ कांग्रेसको अनुहार ?

मुलुक रुपान्तरण गर्ने भन्दै राजनीतिमा सक्रिय दलहरुले कति गरे देशको रुपान्तरण ? व्यवस्था पटकपटक परिवर्तन भए, सरकारहरु फेरिए, संविधान नै पनि फेरिए । समाजको स्वभाविक विकासभन्दा रुपान्तरणमा दलहरुको भूमिका कति रह्यो ? बहसको एउटा महत्त्वपूर्ण मुद्दा त के पनि हो भने, जनताको जीवनमा रुपान्तरणको कुरा गर्ने दलहरु आफू कति भए रुपान्तरण ?

परम्परागत राजनीतिक दलहरुमाथि निरन्तर लागिरहेको आरोप हो, उनीहरु सुधारका ठूला कुरा त गर्छन् तर आफू सुध्रिएनन् । दशकौं सत्ता र सडक कब्जा गरेका कांग्रेस, एमालेबाट अब केही हुँदैन भन्ने भाष्यमै टेकेर नयाँ दलहरु पनि जन्मिए । एक समय क्रान्तिकारी देखिएको माओवादीसमेत सत्ता राजनीतिको गोलचक्करमा रमायो, उसको धार नै भुत्ते भइदियो । नागरिक आकांक्षामा खरो उत्रिन उनीहरु भएजति बल लगाइरहेका छन् । एउटा उदाहरण हो, नेपाली कांग्रेसको चौधौं महासमिति बैठक ।

प्रजातन्त्र दिवसकै दिन सुरु भएको महासमिति बैठकलाई उसले पार्टीको नीति महाधिवेशनको रुपमा व्याख्या पनि गरेको छ । गुटदेखि नेतृत्वसम्म र चुनावदेखि चुनावसम्मको राजनीतिभन्दा माथि कस्तो नीतिमा मन्थन गर्दै छ कांग्रेस, जसले नागरिकको जीवनमा प्रभाव पार्नेछ ? शंकाहरु पर्याप्त छन् । उद्घाटन अघिसम्म पनि चुनाव र सरकारमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा देखिएको विवादले पनि संकेत गर्छ, पार्टी रुपान्तरण कठिन छ । यस्तो महासमिति बैठकले कति फेर्छ पार्टीको अनुहार ?

प्रस्तुत छ फायरसाइडको आजको नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसँग रुपेश श्रेष्ठले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.